नेपाल सरकार सहकारी ऐन २०४८ बमोजिम स्थापित यस नव सृजनशील बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय का.म.पा–७ चावहिल चोकमा अवस्थित छ । वि.स. २०५७ साल भाद्र २८ गते बाट करिब दुई दर्जन सृजनशील युवा उद्यमीहरु बाट थोरै थोरै बचत परिचालन गरी ससाना आर्थिक समस्याहरु पुर्ति गर्ने उद्देश्यले रु.२८०० बाट स्थापना गरिएको साविकको सृजनशील सामुहिक बचत कोष २०६५ साल असार ४ गते बाट डिभिजन सहकारी कार्यालय काठमाण्डौमा १६८७/०६४/६५ दर्ता भएको हालको नवसृजनशील बचत तथा ऋण सहकारी संस्था लि. हो । सानो पुँजि र थोरै बचत रकम बाट संचालनमा आएको यस संस्था करिव १४ वर्षको अन्तराल पुरा गरिसकेको अवस्थामा सदस्यको संख्या र बचत रकमलाई आधार मान्दा निकै नै उत्साहापुर्वक रुपमा बृद्घि भएको छ । स्थानिय व्यक्तिहरुको वाहुल्यता रहेको यस संस्थामा व्यापारी, व्यवसायि, प्राध्यापक, कर्मचारी तथा सामाजिक विषय विज्ञता हासिल गरेका विभिन्न पेसा व्यवसायमा आवद्घ प्रवुद्घ व्यक्तिहरुको आधुनिक र प्राविधिक व्यवस्थापन तथा उद्यमशील इमान्दार सोचको कारण तिव्र वृद्घि र विकास गर्न सफल भएको छ । सो अवधिलाई तुलनात्मक रुपमा अध्ययन गर्दा संस्थाको वर्तमान अवस्था निरन्तर प्रगतिउन्मुख रहेको र भविष्य उज्जवल रहनेमा संस्था गर्व गर्न चाहन्छ ।
संस्था सञ्चालनका क्रममा आवश्यक नीति तथा कार्यविधिहरु निमार्ण गरी संस्थालाई प्रविधिमैत्रि वनाईएको छ । संस्थामा आवद्ध सवै पक्षलाई जिम्मेवार वनाई नेतृत्व र व्यवस्थापनको व्यवशायीक सोच विकासका लागी रणनैतिक व्यवशायीक योजना तयार गरीएको छ ।र संस्थाले नेपाल स्तरको प्रोवेशन व्राण्ड कार्यक्रमा समेत सम्झौता गरेको छ ।